
मनोज कुमार भुजेल
१७ माघ २०८१, बिहीबार ११:१५
चितवन – भुजेल समाज सेवा समिति भरतपुर ५ कल्याणपुर ईकाई समिति को दोस्रो वार्षिक साधरणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ।
समाजका निवर्तमान अध्यक्ष एक बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको सधरण सभाको प्रमुख आथित्यता भुजेल समाज सेवा समिति जिल्ला समन्वय समिति चितवन का अध्यक्ष राम बहादुर भुजेलले गरेका थिए।
माघ १६ गते सम्पन्न अधिवेशनले तेज बहादुर भुजेलको अध्यक्षतामा ७ सदस्यीय समिति सर्वसहमत चयन गरेको छ। जसमा कमला भुजेल उपाध्यक्ष, खिना भुजेल सचिव, सावित्रा भुजेल कोषाध्यक्ष, सीता खवास सदस्य ,अस्मिता भुजेल सदस्य र पवित्रा भुजेल सदस्य रहेका छन्। 

प्रतिकृया दिनुहोस्