
चितवन – चैत्र ५ – भरतपुर महानगरपालिका वडा नं १२ द्वारा आयोजित १० दिने उद्घोषण तालिम वडा भित्र बसोबास गर्ने टोल विकास संस्था को कुनै न कुनै पदमा जिम्मेवारी लिएर काम गर्नु हुने महिला दिदीबहिनीहरुको टोलमा हुने कार्यक्रम संचालन गर्न र ब्यक्तित्व विकास गर्न सहज होस् भन्ने उद्देश्य ले ३८ जना
लाई १० दिने उद्घोषण तालिम २०८१/११ /२१ मा उद्घाटन भएको कार्यक्रम केहि दिन सार्वजनिक बिदा भएकोले आज मिति २०८१/१२/५ गते सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा तालिम संयोजक वडा नं १२ का वडा सदस्य जमुना ढुंगाना ले यस्ता किसिमका कार्यक्रम ले महिलाहरुको बोल्ने कलामा निखारता आएको, महिलाले चाहे जस्तोसुकै कार्य पनि सफल बनाउन सक्छन भन्ने विस्वास रहेको बताउनुभयो |
तालिम समापन कार्यक्रममा वडा सदस्य संजय कुमार थापा ,वडा सदस्य बीर बहादुर स्याङतान,वडा सदस्य मिरा नेपाली, वडा सचिव बिष्णु घिमिरे ,प्रशिक्षक मनोज कुमार भुजेल , ले पनि आफ्नो प्रशिक्षक मन्तब्य राख्ने क्रममा १२ नम्बर का महिला दिदीबहिनीहरु ले अब जीवन जिउन झनै सहज हुने र टोलहरुमा हुने कार्यक्रम उहाहरुले सजिलै संचालन गर्न सक्ने कुरामा बिस्वस्त समेत हुनुभयो |
प्रशिक्षक मनोज पन्त, प्रशिक्षक राजेन्द्र बजगाई, प्रशिक्षक करिष्मा थापा लगाएत तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि भरतपुर महानगरपालिका का पूर्व नगर – उपप्रमुख पार्वती शाह ले तालिममा सिकेका कुराहरु जीवनमा उतार्नुपर्ने छ भन्दै शुभकामना दिनुभयो भने बागमती प्रदेश सांसद तथा कार्यक्रमका प्रमुख अतिथि माया श्रेष्ठ ज्यु ले सम्पूर्ण सहभागीहरु लाई राम्रोसँग तालिम सिक्नुभएको रहेछ अब तपाईहरुले पाउनुभएको प्रमाण पत्र कहिँ कतै दराजको कुनामा नराखी व्यवहारमा लागू गर्नुपर्छ भनि उत्प्रेरित समेत गर्नुभयो।
तालिममा सहभागीहरुलाई
१० दिने उद्घोषण तालिम कार्यक्रम समापन समारोह का सभाध्यक्ष तथा समाजसेवी १२ नम्बर का वडा अध्यक्ष लेखराज पन्त ज्यूले तपाईहरुले यो भन्दा अघि पनि उद्घोषण तालिम लिनुभएको थियो तर आज भएको जस्तो कार्यक्रम को उद्घोषण गर्न अथवा कार्यक्रम म चलाउछु भनेर धेरै प्रशिक्षार्थी साथीहरु बाट गोला प्रथा नै गर्नुपरेको यो पहिलो नै हो भन्नुभयो | तपाईहरुको यो किसिमको उत्साह भर्न सफल चारै जना प्रशिक्षक ज्यूहरु लाई धेरै धेरै धन्यवाद दिनुभयो |
आगामी दिनहरुमा पनि उद्घोषण तालिम मा उहाहरु जस्तै राम्रा प्रशिक्षक ज्यूहरु ल्याएर तपाईहरुको अन्तरनिहित क्षमता लाई प्रस्फुटन गराउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्घोषण तालिम कार्यक्रम भरतपुर महानगरपालिका वडा नं १२ को सभाहल मा भएको थियो । उक्त १० दिने उद्घोषण तालिम कार्यक्रम का प्रशिक्षार्थी रीता अधिकारी ले संचालन गर्नुभएको उक्कात भब्य र सभ्य कार्यक्रम को समापन भने १२ नम्बर
वडा अध्यक्ष लेखराज पन्त हरि ज्यु काे अध्यक्षतामा भएको थियो ।
प्रतिकृया दिनुहोस्