
मनोज कुमार भुजेल
१० फाल्गुन २०८१, शनिबार २३:२७
उक्त पदपूर्ति भेलामा रास्वपा केन्द्रीय समितिका सदस्य तथा चितवन क्षेत्र नं.१ का माननीय सांसद हरि ढकाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा केन्द्रीय शिक्षा विभाग उपप्रमुख कृष्ण हरि पौडेल, जिल्ला उपसभापति प्रभा ढकाल, जिल्ला सचिव विशाल कोइराला, जिल्ला कोषाध्यक्ष एकराज बुर्लाकोटी लगायत केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र तथा महानगरका नेताहरूको उपस्थिति रहेको थियो।
भरतपुर महानगर समितिका सभापति सीता ज्ञवाली को अध्यक्षतामा सम्पन्न भेलालाई नगर सचिव कृष्ण राउतले सञ्चालन गरेका थिए भने नगर उपसभापति आशिष लो तामाङले स्वागत मन्तव्य राखेका थिए। भेलामा भरतपुरका २९ वटै वडाका सभापतिहरूको समेत सहभागिता रहेको थियो।
प्रतिकृया दिनुहोस्