
दर्पण समाज
१० बैशाख २०८२, बुधबार २२:३३
चितवन, बैशाख १०
चितवनका प्राध्यापक ओमराज मैनाली आज मृत भेटिएका छन । भरतपुर महानगरपालिका वडा नं-१ स्थित नारायणी नदीकिनारमा मैनालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।उनि देवघाटस्थित नदी जलमापन केन्द्र नजिकै आज साँझ ५ः४० बजे मृत भेटिएका हुन । तीन दिनदेखि सम्पर्कबिहिन भएका मैनालीको खोजी कार्य तीब्र पारिएको थियो । पछिल्लो समय उनि भरतपुर महानगरपालिका वडा नम्वर-२ स्थित न्यू होराइजन इङ्लिस स्कुलमा प्राचार्यमा नियुक्त भएका थिए । न्यू होराइजनमा मैनालीले केही दिन मात्र काम गरे । यसअघि मैनाली भरतपुरको अंकुरम एकेडेमीमा सहायक प्राचार्यको रुपमा कार्यरत थिए । मैनालीको श्रीमती र दुई छोरी रहेका छन् ।
उनि ८ गते साँझ ७ः३० बजे घरबाट निस्किएका थिए भने राती ८ः३० बजेदेखि उनको मोबाइल अफ भएको थियो | उनको मोटरसाइकल देवघाटको पुल छेउमा फेला परेको थियो । मोटरसाइकलका आधारमा प्रहरीले नारायणी किनार क्षेत्रमा खोजी तीब्र पारेको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्